Admin Login

अर्जुनचौपारी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय गण्डकी प्रदेश, स्याङ्जा, नेपाल डिजिटल प्रोफाईल सिस्टम

  • 9856053133
  • ito.arjunchauparimun@gmail.com / https://arjunchauparimun.gov.np/
  • गृह पृष्ठ
  • परिचय
  • चिनारी
  • संस्थागत बिबरण
1. परिचय
१.१ पृष्ठभूमि

अर्जुनचौपारी गाउँपालिका स्याङ्जा जिल्लाका ११ वटा स्थानीय तहहरु मध्येको एक गाँउपालिका हो । पहाडी भूभाग रहेको यस गाँउपालिका राज्य पुनसंरचना भए पश्चात साविकका अर्जुन चौपारी, रापाकोट, आरुचौर, सतौदरौ गा.वि.स. र साविककै पञ्चमुल गा.वि.स.का ३ र ७ नं. वडाहरु समायोजन गरी वि.स. २०७३ सालमा स्थापना भएको हो । यस गाँउपालिकालाई ६ वटा वडाहरुमा विभाजन गरिएको छ भने केन्द्रको रुपमा साविकको अर्जुन चौपारी गा.वि.स.लाई बनाइएको छ । यसको सिमानामा पूर्वमा पुतली बजार नगरपालिका, पश्चिममा पर्वत जिल्ला, उत्तरमा आँधीखोला गाँउपालिका र दक्षिणमा भीरकोट नगरपालिका पर्दछन् । भौगोलिक अवस्थिति अनुसार यस गाँउपालिका ८३ डिग्री ४२ मिनेट ० सेकेण्ड देखि ८३ डिग्री ४८ मिनेट ०१ सेकेण्ड पूर्वी देशान्तर सम्म फैलिएको छ भने २८ डिग्री ४ मिनेट, ० सेकेण्ड देखि २८ डिग्री ८ मिनेट ० सेकेण्ड उत्तरी अक्षांस सम्म फैलिएको छ । समून्द्र सतहबाट ८०० देखि २१५० मिटर सम्मको उचाईमा रहेको यो गाउँपालिकाको मौसम समशितोष्ण खालको पाइन्छ । नापी विभाग, काठमाण्डौबाट लिएको तथ्यांक अनुसार अर्जुन चौपारी गाँउपालिकाको कुल क्षेत्रफल ५७.२३ वर्ग कि.मी. रहेको छ भने जिल्ला सदरमुकाम स्याङ्जाबाट यो गाउँपालिका उत्तर तर्फ ९ कि.मी.को दूरीमा रहेको छ ।

  • गृह पृष्ठ
  • चिनारी